ब्यानर

नागरिक एपको त्रुटि गृह मन्त्रालयले सच्याउने

काठमाडौं। हालै सार्वजनिक भएको नागरिक एपमा त्रुटि भेटिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो को पुष्टि गरेको हो ।

गृहमन्त्रालका उपसचिव तथा सूचना अधिकारी प्रेमलाल लामिछानेले विज्ञप्तिमा नागरिक एपमा नागरिकका नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाने गरेको गुनासो आउने गरेको भन्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको उल्लेख गरेका छन् । 

सरकारले केही दिनअघि सरकारी कामकार्बाहीलाई छिटो र सहज बनाउन नागरिक एप सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्वास्थकर्मीको अभावमा बन्द हुदै सुरक्षित गर्भपतन सेवा
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो
कांग्रेसप्रति जनताको आर्कषण बढ्यो : सभापति देउवा
सुदुरपश्चिमका अस्पतालमा आर्थिक अभाव छैन : मन्त्री सुवेदी