मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक दम्पतिद्वारा छोरीको जन्म दिनमा मानवसेवा आश्रमलाई सहयोग

एक दम्पतिद्वारा छोरीको जन्म दिनमा मानवसेवा आश्रमलाई सहयोग


अछाम : एक दम्पति परिवारले आफ्नी छोरिको जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन।

अछामको मङ्गल्सेन नगरपालिका वडा न ७ घर भै हाल कामको शिलशिलामा कोरिया मा रहनु भएका एकिन्द्र खड्का र धनगढी रहेकी सन्जिता कुँवरले आफ्नो छोरी रिशिका खड्काको पहिलो जन्मदिनको अवशर पारी धनगढि स्थित तारानगर मा रहेको मानव सेवा आक्ष्रम लाई सहयोग गरेका हुन् ।

ऋषिकाकी आमा सन्जिता कुँवर र हजुरआमा नबिना रावलले आश्रममा गएर त्याँहा रहेका गरिव, असाह्य, टुहुरा र पिडित लगायत ४५ जना ब्यक्तिहरुलाई बिहानको एक छाक भोजन सेवा गराएका थिए।

जन्म दिनमा अन्य फजुल खर्च गर्नु भन्दा परोपकारी काम गरेको छोरीकी आमा संज्जिता कुँवरले बताईन। आगामि दिनहरुमा पनि यस्तै सामाजिक कार्य गर्ने हौसला र उर्जा मिलेको उनको भनाई छ।

कार्यक्रममा सुप समाज द कोरियाका पुर्व अधक्ष्य एवम सल्लाहकार धर्मराज जोशि र कोषाध्यक्ष डिल्लि राज पनेरुले जन्म दिनमा समेत सकारात्मक सामाजिक काम गरेको भन्दै छोरीका आमा बुवालाई धन्यवाद दिदै रयसबाट अरुले पनि पाठ सिक्दै सहयोगि हात अघि बढायौ भने कसैले पनि भोकै बस्न नपर्ने बताएका थिए।

मानव सेवा आश्रम धनगढिका संचालक आदर्श ढकालले छोरीको जन्म दिनमा यस्तो सुभ कार्य गरेकोमा धन्यवाद र शुभकामना दिएका थिए। कोरियामा रहेका ऋषिकाका बुवा खड्काले पनि बिभिन्न समयमा दुखि पिडितहरुलाई सहयोग गर्दै सामाजिक कार्य गरिरहेका छन् ।