मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैले दुनियाँ भित्रको एक सुदामा बुझेको छु

मैले दुनियाँ भित्रको एक सुदामा बुझेको छु

सुदूर आज

  • प्रदीप रोदन

भोक कस्ने तागत छैन पटुकामा बुझेको छु।
तिमीले पेट मात्र कसेकी हौ आमा बुझेको छु।

रित्तो भएर पनि त रित्तो हात जान मान्दैन,
मैले दुनियाँ भित्रको एक सुदामा बुझेको छु।

छोडेर जानेहरुको डोब कस्तो हुन्छ होला,
तिमी के खोज्दैछौ यी आँखामा बुझेको छु।

मैले जति बुझेको थिएँ हजुरको मायामा,
त्यो भन्दा धेरै हजुरको घृणामा बुझेको छु।

धुँवा निस्किन छोड्यो भने यो झुपडी बाट,
धुँवा पक्कै निस्किनेछ चितामा बुझेको छ।

गोरखा