मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ११ दिनमा १० हजार बढीको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन

अछाममा ११ दिनमा १० हजार बढीको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन


अछाम : राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने कार्य अन्तर्गत अछाम जिल्लामा बिहिबार सम्म १० हजार बढीको विवरण संकलन गरिएको छ ।

आगामी ३ महिनामा सम्पूर्ण नागरिकको विवरण संकलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शुरु गरिएको विवरण संकलन शिविरमा माघ १ गते सम्म १० हजार ९ सय जनाको विवरण संकलन गरिएको जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ ।

हाल अभियानको रुपमा अछामका चार स्थानीय तहमा शिविर सञ्चालन गरी राष्ट्रिय परिचप पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिक गर्ने कार्य भैरहेको छ ।

जस अनुसार बिहिबार सम्म मंगलसैन नगरपालिकामा ५ हजार ५ सय ८ जना, बान्नीगढी जयगढ गाउपालिकामा ३ हजार २ सय ७५ जना, कमलबजार नगरपालिकामा १ हजार ९ सय ९० जना र साँफेबगर नगरपालिकामा १ सय २७ जनाको विवरण संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।