मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एकको ज्यान गयो, चार घाइते

डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एकको ज्यान गयो, चार घाइते


डोटी – डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका– ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । उहाँका अनुसार ७ जना सवारी बोकेर शिखर नगरपालिका – १० बानेडुग्रीसैनबाट दिपायल आउँदै गरेको अटो मंगलबार राति करिब ८ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि शिखर नगरपालिका– ३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी शिखर नगरपालिका–३ का १८ वर्षीय अर्जुन पार्की, अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेका छन् । 

घाइते चार जनामध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलालीतर्फ रेफर गरिएको छ भने दुई जनाको दिपायलमा रहेकाे शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा सवार अन्य दुई जना भने सकुशल रहेका छन् ।