मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संरक्षण र पर्यटन प्रबर्द्धनको पर्खाईमा पञ्चदेवलकाे मुख्यभुमि

संरक्षण र पर्यटन प्रबर्द्धनको पर्खाईमा पञ्चदेवलकाे मुख्यभुमि


अछाम। अछामको पुर्वी क्षेत्र पञ्चदेवल विनायक नगरपालिकाकाे अग्लाे ठाउँ देलिकाँणा, जहाँ जिर्ण अवस्थामा रहेका दुइवटा पुराना मन्दिर (थान) छन ।

विनायक बजार बाट १ घण्टाकाे पैदल यात्रामा यश ठाउँ पुग्न सकिन्छ । मानिस तथा घरपालुवा जनावर यस ठाउँ भित्र त्यति देखिदैनन । यस ठाउँ बाट कर्णाली प्रदेशका कालिकाेट,दैलेख तथा सुर्खेतका केही लग्ला भु-भागहरुकाे दृश्य सजिलै देख्न सकिन्छ ।

यस क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्न सके थुप्रै स्वदेशी तथा विदेशी पाहुना लाई स्वागत गर्ने सम्भावना यस ठाउँले बाेकेकाे छ । यस नगर क्षेत्रकै उच्च स्थान भएर हाेला नेपाल टेलिकमकाे टावरले यहिँ ठाउँ बाट अाफ्नाे नेटवर्क सेवा प्रसारण गरेकाे छ ।

अग्लाे स्थानमा टावर भएकै कारण हाेला सायद यस क्षेत्रका दुर्गम भेगहरुमा नेटवर्ककाे अनुभुति किहल्यै गर्न सकिएन ।

अत्यन्तै मनमाेहक ठाउँ जहाँ हजारौं रुखहरु संग माेहनि लाग्ने त्यसै माथि पुर्खाकाे सम्पत्ति र धार्मिक विश्वासलाई सजिलै ग्रहण गर्न सकिने यस्ता धार्मिक ठाउँ हरुकाे उचित संरक्षण तथा सम्बर्द्धनमा तपाईं हामी लाग्ने कि ?