मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिट्टी कुटेर दिन बिताउदै दुर्गम भेगका बालबालिका

गिट्टी कुटेर दिन बिताउदै दुर्गम भेगका बालबालिका


अछाम । उमेरले १२ बर्ष पनि नकटेका बालबालिकाको दैनिकी गिट्टी कुटाई गर्दै बितिरहेको छ। उनीहरु घर परिवार र आफ्नो समेत गुजारा चलाउन आजभोली गिट्टी कुटेर दिन बिताई रहेका हुन।

आर्थिक आम्दानीको अर्को श्रोत नभएपछि ति बालबालिकाको बिकल्प गिट्टी कुट्नु बाहेक अरु छैन। जिल्लाकाे तुर्माखाँद गाउँपालिका, पञ्चदेवल नगरपालिका तथा कमलबजार नगरपालिकाका मुख्य सडक खण्ड छेउछाउमा बालबालिका गिट्टी कुटिरहेका अहिले पनि देख्न सकिन्छ ।

दैनिक जसो ५ देखि १२ बर्स उमेर समुहका ६/७ जना बालबालिका सडक छेउमा भेटिन्छन। यि जस्ता कयौं बालबालिका सडक छेउछाउमा गिट्टी कुटिरहेका भेटिन्छन।

विश्व नै अाक्रान्त पारेकाे काेिभड -१९ ले अछाममा शैक्षिक गतिविधि नियमित रूपमा सुचारू हुन सकेका छैनन । जसको असर उनीहरुमा परेको छ। दुरदराज र ग्रामिण भेगका बालबालिका अघि पछि केहि समय स्कुल गए पनि मै काम गरेर दैनिकी बिताई रहेका छन् ।

कोभिड -१९ का कारणले विद्यालय बन्द हुँदा तुर्माखाँद गाउँपालिकाकाे मुख्य सडक छेउछाउमा बालबालिकाहरु ज्याला मजदुरि गर्न बाध्य् भएका देखिन्छन् ।

जनचेतनाकै कमिले एक त धेरै शिशुको जन्म दिनु र त्यसै माथि गरिबीले थलिएकाे समाजमा जन्मनुनै यी अबाेद बालबालिका अभिसापकाे चपेटामा परेकाे देखिन्छ ।

इन्टरनेटकाे पहुँचमा नरहेका यी ग्रामिण भेगका गरिब तथा दलित बालबालिका हरुकाे राज्यले उचित संरक्षण तथा ध्यान नदिएको पाइएको छ ।