मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिजका महासचिव रेग्मीले गरे शव बाहनका लागि ११ हजार बढी सहयोग

नेपाल जेसिजका महासचिव रेग्मीले गरे शव बाहनका लागि ११ हजार बढी सहयोग


धनगढी । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा नेपाल जेसिजका महासचिव टेकराज रेग्मीले ११ हजार  एक सय ११ रुपैया सहयोग गरेका छन् ।

टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय  युवा व्यवसायी रेग्मीले  ११ हजार  एक सय ११ रुपैया सहयोग गरेका हुन् ।

टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै  ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्फूर्त  ढंगले देश विदेशबाट तिब्र रुपमा आर्थिक सहयोग जुटिरहेको छ ।

टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियानमा हालसम्म २२ लाख रुपैया जम्मा भईसकेको छ ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले नौ दिनमा प्राप्त सहयोग र प्रतिबद्धताले आफूहरु अत्यन्त उत्साही भएको बताए ।

उनले शव बाहन खरीदका लागि जारी आर्थिक सहयोग संकलन अभियानमा जोडिएकोमा नेपाल जेसिजका महासचिव रेग्मी प्रति आभार व्यक्त गरे ।