मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा लैङ्गिक हिंसा सम्बन्धी सुचना तथा मनोसामाजिक विर्मश डेस्क संचालनमा

बाजुरामा लैङ्गिक हिंसा सम्बन्धी सुचना तथा मनोसामाजिक विर्मश डेस्क संचालनमा


बाजुरा : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बाजुरामा विभिन्न नगरपालिका गाउँपालिकामा कार्यक्रमहरु संचालन भैरहेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन नोभेम्बर २५ तारिखका दिन बाजुरा जिल्लामा वडिमालिका नगरपालिकाको महिला शाखाको आयोजना र जिल्लामा संचालित गैरसरकारी संस्था सहास नेपाल,महिला विकास मञ्च बाजुरा, युएनएफपिए, पिसविन बाजुरा, लगायतका संस्थाहरुको सहकार्यमा हिंसा विरुद्धको अभियानको दोस्रो दिन बाजुरा सदरमुकाम मार्तडीमा सुचना तथा मनोसामाजिक डेस्क स्थापना गरिएको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य माननिय लाल बहादुर थापाले लैङ्गिक हिंसा सम्बन्धी सुचना तथा मनोसामाजिक डेस्कको उद्घाटन गरेका हुन् । जिल्लाको सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा उक्त डेस्क स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रमको संचालन सहास नेपालका स्वास्थ्यकर्मी रिता शाहीले गरेकी थिइन् । डेस्कबाट अभियान अवधिभर सदरमुकाममा आउने जोसुकैलाई लैङ्गिक हिंसा समबन्धी सुचना तथा मनोसामाजिक विर्मश प्रदान गरिने भएको युएनएफपिए बाजुरा जिल्ला परियोजना संयोजक कृष्ण चौधरीले बताए ।

डेस्कबाट सहास नेपाल, महिला विकास मञ्च बाजुरा, युएनएफपिए, पिसविन बाजुरा, युएनएफपिए, लगायत संस्थाहरुका प्रतिनिधिले सुचना तथा परामर्श प्रदान गरिरहेका छन ।