मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

सुदूर आज

१४ लाख १६ हजारको मृत्यु

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ६ करोड ७४ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १४ लाख १६ हजार २९२ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा फैलिएको छ । 

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ४१ हजार ९२५ पुगिसकेको छ भने मृत्यु हुनेको संख्या २ लाख ५७ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा ९२ लाख ६६ हजार ७०५ जनामा कोरोना संक्रमण भइसकेको छ भने मृतकको संख्या १ लाख ३५ हजार २२३ पुगेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म ६१ लाख १८ हजार ७०८ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ११५ पुगेको छ । यसैबीच, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।