मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होम आइसोलेसनमा बस्नेलाई मास्कदेखि अक्सोमिटरसम्म सरकारले दिने

होम आइसोलेसनमा बस्नेलाई मास्कदेखि अक्सोमिटरसम्म सरकारले दिने

सुदूर आज

काठमाडौं– होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले मास्क, स्यानिटाइजरदेखि अक्सोमिटरसम्म वितरण गर्ने योजना अघि सारेको छ । कोरोनाबाट ज्यान गुमाएका मध्ये होम आइसोलेसनमा बसेका ब्यक्तिहरु धेरै रहेको पाइएपछि सरकारले स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गरेको हो । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमितलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी भएको हो । जसअनुसार संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा दैनिक तीनवटाका दरले ४२ वटा र संक्रमित हेरचाह गर्ने व्यक्तिलाई ४२ वटा मास्क दिन लागिएको हो ।

त्यस्तै स्यानिटाइजर २ सय ५० एमएलको एक बोतल, थर्मोमिटर र ब्याट्री एक सेट, पल्स अक्सोमिटर र ब्याट्री पनि दिन लागिएको छ । थर्मोमिटर र अक्सोमिटर भने संक्रमित निको भैसकेपछि सफा गरेर स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई फिर्ता दिनुपर्नेछ । प्यासिटामोल ४२ चक्की, टिस्यू पेपर एक बट्टा, पन्जा एक प्याकेटसमेत पाउनेछन् ।

मन्त्रालयले विकास साझेदारहरुको सहकार्यमा केही पालिकामा हेल्थ आइसोलेसन किट वितरण गरेकामा नतिजा राम्रो पाइएपछि स्वास्थ्य मन्त्रालयले होम आइसोलेसनमा बसेका सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने योजना बनाएको हो । यो योजनालाई केहि नीतिगत निर्णयसँगै कार्यान्व्यनमा लैजाने स्वास्थ्य मन्त्रालयको तयारी छ ।