मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास योजना सुशासन तर्फ उन्मुख गराउने पहल हुन्छ : प्रशासक माझी

विकास योजना सुशासन तर्फ उन्मुख गराउने पहल हुन्छ : प्रशासक माझी


अछाम : पञ्चदेवल विनायक नगरपालिकाले विकासे योजनामा भइरहने अनियमिततालाई रोकथाम तथा न्युनिकरण गर्न योजना कार्यान्वयन सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

विकासे योजना बाँड फाँड भए पश्चात उपभोक्ता समिती गठन,योजना कार्यान्वयन,भुक्तानी लगायतका बिषयमा बजेट असार केन्द्रित हुन नदिन वडामै गई अभिमुखीकरण गोष्ठीलाई प्राथामिकता दिएको प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताए ।

आर्थिक वर्ष २०७७र७८ मा सञ्चालन हुने विकासे योजना कार्यान्वयन सम्वन्धी १ दिने अभिमुखीकरण गोष्ठी पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ विनायकमा सम्पन्न भएको छ ।

वडा नम्वर २ विनायकका कार्य वाहक अध्यक्ष पदम बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा प्रमुख अतिथी रहेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी बिशिष्ट अतिथी रहेका थिए । विकासे योजना काम कार्यान्वयन सम्वन्धी जानकारी गराउँदै उनले आफ्नो वडामा लागु हुने विकास निर्माणका काममा सबैले आफ्नो क्षेत्रबाट रचनात्मक सहयोग गर्न आग्रह गरेका छन ।

विकासको अनुभुति गर्न नपाएका हरेक नागरिकलाई उपभोक्ता समितिले गरेका काम कार्यान्वयन सम्पन्न पश्चात सार्वजानिक सुनुवाई गर्न समेत सबै जनप्रतिनिधीलाई प्रशासक माझीले अनुरोध गरेका छन ।

वडास्तरिय अभिमुखीकरण कार्याक्रम नगरपालिका भरि लागु गरि पञ्चदेवल नगरपालिकालाई सुशासन तर्फ उन्मुख गराउने विश्वास उनको छ ।