मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा दुई नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च

सेयर बजारमा दुई नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च

सुदूर आज

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा दुई नयाँ रेकर्ड कायम भएको छ। १८.४३ विन्दुले बढेको बजार १८९३.२४ अंकमा पुगेर रोकिएको छ। यो अहिलेसम्मकै उच्च अंक हो। 

यसअघि २०७३ साउनमा परिसूचक १८८१ अंकसम्म पुगेको थियो। बिहीबार कारोबार रकमले पनि रेकर्ड कायम गरेको छ। ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि ६ अर्ब ९० करोड रुपैयाँसम्म कारोबार भएको थियो। 

आज २९१ कम्पनीको १ करोड ७१ लाख सेयर खरिदबिक्री भएको छ। दिउँसो १२ः१४ मिनेट जाँदा परिसूचक १९२६ अंकसम्म पुगेको थियो। त्यसपछि बजार क्रमश ओरालो लाग्यो। आज बैंकिङ समूह ३७.७६ अंकले बढेको छ।

त्यसैगरी जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र म्युचुअल फण्ड ०.०७ अंकले बढेको छ। त्यसैगरी व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, फाइनान्स ५.८७, निर्जीवन बीमा समूह १६५.०१, माइक्रोफाइनान्स १६.६५ र जीवन बीमा समूह १३४.३२ अंकले घटेको छ। 

बिहीबार सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको  ५८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका ग्राहकले सबैभन्दा बढी कमाएका छन् भने साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले बढी गुमाएका छन्।