शिक्षा / स्वास्थ्य

नर्सिङ लाइसेन्स परीक्षा शनिबार हुँदै, १३३८ जना सहभागी हुँदै

परीक्षा केन्द्र काठमाडौंमा मात्र

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको अगामी शनिबार अर्थात मंसिर १३ गते हुने दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षामा जम्मा १ हजार ३३८ जनाले मात्र फारम भरेका छन्।

काउन्सिलले करिब ३ हजार बढी परीक्षार्थी परीक्षामा सहभागि हुने अनुमान गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको प्रभावका कारण यसपटक लाइसेन्स परीक्षामा कम विद्यार्थी सहभागी हुने काउन्सिलले जनाएको छ।

परीक्षामा कम विद्यार्थी सहभागी भएपनि काठमाडौंमा मात्र परीक्षा केन्द्र राख्ने निर्णय काउन्सिलले गरेको छ। स्रोतका अनुसार काठमाडौंका तीन स्थानमा परीक्षा केन्द्र राखिने छ।

तर कहाँ कहाँ भन्नेबारे काउन्सिल जानकारी गराएको छैन। परीक्षाको एक वा दुई दिन अघि मात्र केन्द्रको नाम सार्वजनिक गर्ने तयारी भएको काउन्सिलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मेची–महाकाली अप्टिकल फाइबर योजना अलपत्र
संयुक्त स्वास्थ्य संघर्ष समिति र स्वास्थ्य मन्त्रालयबीच १९ बुँदे सम्झौता
‘मुख स्वस्थ्य रहे मात्रै पनि अधिकांश रोगबाट बचिन्छ’
१० नेपालीद्वारा के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम