मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

सुदूर आज

काठमाण्डाै – आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा दिउँसो सामान्य खालको पानी पर्ने सम्भावना छ ।

बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना रहेको मौसमविद् बासीले बताए । राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी  तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

भोलिको मौसम पनि लगभग यस्तै रहन्छ । आज र भोलि देशभर नै पारिलो घाम लाग्ने सम्भावना छैन । पर्सिदेखि भने मौसम सुधार हुने उहाँले बताउनुभयो । यसैबीच आज बिहान साढे ६ बजेको काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।