मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई अध्यक्षले मात्रै होइन, हामीले पनि बोल्न पाउनुपर्छ : डा. भीम रावल

दुई अध्यक्षले मात्रै होइन, हामीले पनि बोल्न पाउनुपर्छ : डा. भीम रावल

सुदूर आज

धनगढी : नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले पार्टीका २ अध्यक्षले आफुहरुलाई वेवास्ता गरी अगाडि बढेको आरोप लगाएका छन् ।

पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै उनले बाँकी नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाएका हुन् ।

आइतबार धनगढीमा प्रेस संगठन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावल भने, ‘अध्यक्षद्वयले पार्टीको अन्तरविरोधवारे कुरा राख्नु ठीक छ । हामीले पनि राख्न पाउनुपर्छ ।’

पार्टीको सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता रावलले पार्टी अहिले गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै यसघि आफुहरुले पार्टीलाई दिएको सुझावलाई नजरअन्दाज गरेको भन्दै गुनासो पोखे ।