कर्णाली प्रदेश

दैलेखमा सुत्केरी र शिशुको ज्या’न गयो

दैलेख – दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी र शिशुको ज्या’न गएको छ ।

१८ वर्षकी दीपा विक र नवजात शिशुको ज्या’न गएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी विक र नवजात शिशुको ज्यान गएको दीपाका देवर पूर्ण विकले बताए ।

हिजो भगवतीमाई गाउँपालिका-२ माइतीघरको आँगनमा चिप्लिएर लडेपछि उहाँलाई उपचारका लागि सुर्खेत लगिएको थियो ।

स्वास्थ्यकर्मीले आउँदो २५ गते बच्चा जन्मने मिति दिएका थिए । पेटमा लागेको चोटका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने
सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति
बालविवाह अन्त्य गर्न सके महिला हिं’साको पाटो रोकिन्छ : सांसद बोगटी
कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा अछामका २ सहित ७ जनामा कोरोना संक्रमण