समाज

आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने

काठमाण्डाै – आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा नै हुनेछ ।

मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना छैन । बिहान बेलुका तराईका भू-भागमा हल्का कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ ।

 मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नर्सिङ लाइसेन्स परीक्षा शनिबार हुँदै, १३३८ जना सहभागी हुँदै
सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च
आत्मविश्वासले बदलिएको सपनाको जीवन
कक्षा १२ को परीक्षा उत्साहजनक