मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढिमालिका कप फुटबल प्रतियोगिताको उपाधि नुवाघर युवा क्लवलाई

बढिमालिका कप फुटबल प्रतियोगिताको उपाधि नुवाघर युवा क्लवलाई

सुदूर आज

बाजुरा : कला साहित्य संस्कृति पर्यटन हाम्रो सान खेल क्षेत्रले गर्छ राष्टलाई ठुलो योगदान भन्ने मुल नाराका साथ सुभ दिपावली तथा छठ पर्वको अवसरमा संञ्चानल भएको बढिमालिका कप फुटबल प्रतियोगिमा सम्पन्न भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा न ९ पैमामा कार्तिक २५ गते बढिमालिका युवा क्लवले सञ्चालन भएको फुटबल प्रतियोगिताको शुक्रबार फाइनल भएको थियो।

उक्त खेलको अन्तिम फाइनलमा NYC नुवाघर र NTYC निमनी युवा क्लब बिच खेल भएको फाइनल खेलमा NYC नुवाघरले NTYC निमनी युवा क्लवलाई ३ गोलले NYC नुवाघर विजयी भएको र NTYC निमनीले उपविजेतामा चित्त बुझाएको छ ।

NYC नुवाघरले NTYC निमनीलाई आधा हाममा १ गोल र अर्को हापमा २ गोल गरि जम्मा ३ गोलले NYC नुवाघर विजेता भएको बढिमालिकाका अध्यक्ष बि कले बताएका छन । विजेता NYC नुवाघरले २१ हजार रुपैया नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ भने उपविजेता १० हजार रुपैया नगद सहित ट्रफि मेडल र प्रमाण उपविजेताले प्राप्त गरेका छन् ।

सुभ दिपावलीको उपलक्ष्यमा बढिमालिका युवा क्लवले आयोजना गरिएको उक्त प्रतियोगिता कार्तिक २५ गते संञ्चालन भएको खेल्लमा बाजुरा जिल्ला भित्रका जम्मा १९ वटा टिमको सहभागिता रहेका थियो । उक्त फुटबल प्रतियोगिताको समापन्नमा कार्यक्रम बढिमालिका युवा क्लवका अध्यक्ष ललित बिकको अध्यक्षतामा संञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अथिती त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावल रहनु भएको थियो भने विशिष्ट अतिथी नेकपा जिल्ला कमिटी सदस्य दल बहादुर खत्री लगाएत सहभागिता रहेको थियो।