कर्णाली प्रदेश

मुख्यमन्त्री शाही विरु’द्धको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको बताइएको छ ।

गत असोज २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र समूहका सांसदहरूले पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

२७ गते नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो ।

आज पूर्वमाओवादी केन्द्रका ठम्मरबहादर विष्टले पनि अविश्वासको प्रस्तावबाट आफ्नो मत फिर्ता लिँदै मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछामले अब विकासमा फट्को मार्छ : सांसद बोगटी
विकास योजना सुशासन तर्फ उन्मुख गराउने पहल हुन्छ : प्रशासक माझी
वाक नेपालको सेवा पुर्वी अछाममा बिस्तार, निरन्तर समन्वय गर्न उपप्रमुख चलाउनेको आग्रह
सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने