मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारलामा पशुब’लि तथा रात्री मेला नहुने

बारलामा पशुब’लि तथा रात्री मेला नहुने


अछाम : बारलाको तिखापातलमा लाग्ने धार्मिक मेला यस बर्ष नहुने भएको छ ।

हरेक बर्ष महानवमीका दिन पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलामा सयौँ प’शुब’लि दिने कार्य तथा रात्री लाग्ने मेला यस बर्ष नहुने भएको हो ।

विश्वब्यापी महामारीको रुप लिइरहेको कारोना भाइरसलाई मध्यनजर गरी र जिल्ला प्रशासनको प्राप्त पत्र अनुसार पुजा पाठ तथा सबै बलि बन्द गर्ने निर्ण वडा कार्यालयले गरेको वडा नम्वर ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले जानकारी दिए ।

महामारीको जोखिम थप बढ्न सक्ने भन्दै तिखापातलको चारै तिर सुरक्षा सतर्कता बढाएकाले मेला अर्थात राम हेर्ने निहुले कसैले पनि वडा भित्र प्रवेश नगरिदिन उनले आग्रह गरेकका छन ।

वडा अध्यक्ष खनालका अनुसार दशैँ तिहारमा धेरै ब्याक्तीहरु भारत तथा जिल्ला बाहिरबाट चाँर्ड पर्व मनाउन अछाम भित्रिएकाले थप जोखिम बढ्ने भएकाले यस बर्ष धार्मीक पुजापाठ तथा मेला पर्वहरुमा रोक लगाइएको हो ।