मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगर वाल सञ्जालले कोरोना न्युनिकरणमा सन्देश प्रवाह गर्ने

पञ्चदेवल नगर वाल सञ्जालले कोरोना न्युनिकरणमा सन्देश प्रवाह गर्ने


अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका वालअधिकारकर्मीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतना तथा सजगता अपनाउन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने भएका छन ।

विश्व ब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ नियन्त्रणमा पञ्चदेवल नगर वाल सञ्जालले सक्रियता देखाएको हो ।

यसै सम्वन्धमा विभिन्न निर्णय गर्दै नगर स्तरिय बाल सञ्जालको बैठक बिहिबार सम्पन्न भएको छ । बाल सञ्जालका उपाध्यक्ष कमला कडायतको अध्यक्षतामा सम्पन्न बैठकबाट नगरका ९ वटै वडामा कोभिड सन्देश सहित माइकिङ गर्ने र जनचेतना फैलाउने निर्णय भएको छ ।

पञ्चदेवल नगर वालबालिका तथा जेष्ठ नागरिक साखाको समन्वयमा भएको बैठकमा निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीकान्त बजगाँई, रोजगार साखा संंयोजक भरतराज अधिकारी लगायत बालक्वलबका पदाधिकारी सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चलन बाल सञ्जालका सचिव जिवन बुढाले गरेको पत्रकार तपेन्द्र धामीले जानकारी दिए ।