मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन नवरात्रमा सहवास गर्नु हुँदैन ? यस्तो छ कारण

किन नवरात्रमा सहवास गर्नु हुँदैन ? यस्तो छ कारण


काठमाडौं । नवरात्रि एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ नौ रातहरूको समूह । हिन्दू धर्ममा मनाइने चाडपर्वहरूमध्ये सबैभन्दा पवित्र मानिने नवरात्रि वर्षमा चार पटक मनाउने प्रचलन थियो । तर अहिले केवल दुई पटकमात्रै सर्वसाधारणले मनाउने चलन छ ।

हिन्दू धर्मको मान्यता अनुसार यी दिनमा हरेक घरघरमा देवी दुर्गाको नाममा जप्ने गरिन्छ । अधिकांश महिलाले यस चाडमा उपवास बस्दै देवीप्रति आफ्नो भक्ति प्रकट गर्छन् । नवरात्रिका नौ दिनमा, देवी दुर्गा आफ्ना भक्तहरूको साक्षात्कारमा आउँछिन् भन्ने मान्यता छ ।

तर ती नौ रूपहरूमध्ये मुख्य तीन रूपहरू महालक्ष्मी, महासरस्वती र महाकाली हुन् । देवीका ती तीन रूपहरुका साथै अन्य धेरै स्वरूपमा समेत उनको पूजा हुने गर्छ । नेपालमा नवरात्रमा खासै व्रत बस्ने चलन नभए पनि नवरात्रमा व्रत बस्नेहरूको लागि केही प्रतिबन्धित विषयहरु पनि छन् ।

नवरात्रिको पूजनमा, महिलाहरू उपवास बस्दछन् र आफ्नो सम्पूर्ण दिमाग देवीलाई समर्पण गर्छन् । यस समयमा उनीहरूलाई शारीरिक सम्बन्ध नराख्न चिकित्सकहरू सल्लाह दिन्छन् । यो कुरा केवल विश्वासको आधारमा भनिएको होइन । यस प्रतिबन्धको मुख्य कारण भनेको नै यी नौ दिन महिलाहरू उपवासका कारण शारीरिक रूपमा कमजोर हुन्छन् । साथै, उपवास र त्यस्ता कारणले उनीहरू धेरै चिढिन्छन् पनि । यो समयमा महिलाको दिमागमा यौन सम्पर्कको कुरा अत्यन्त कम मात्रामा आएको हुन्छ । कतिपय हार्मोनहरू छन् तामासिक वृत्तिबाट आध्यात्मिकता तिर गएको हुन्छ । जसका कारण पनि यो समयमा यौन सम्बन्धलाई निषेध गरिएको छ ।

हिन्दू धर्ममा यस्तो निषेध महिलाका लागि मात्र नभएर पुरुषका लागि समेत गरिएको हुन्छ । शारीरिक सम्बन्धको क्रममा हार्मोनको उत्सर्जनले शरीरमा केही थप हर्मोनहरूको उत्पादन गर्छ । त्यसकारण, यस समयमा, नकारात्मक शक्तिहरूले तिनीहरूलाई छिट्टै समाहित गर्न सक्छन् ।

जसले निराशा थप्न सक्छ । यस्तो समयमा यौन सम्पर्क राख्दा कहिलेकाहीँ मान्छे डिप्रेसनमा समेत जान सक्ने चेतावनी चिकित्सकहरु दिन्छन् ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार हामीले देवी आराधनाको विषयमा धेरै नियमहरु पालना गर्ने गर्छाैं । धेरै नियमहरु यस कारण पनि पालना गर्छाैं कि यी देवीहरू नौ दिनसम्म हाम्रो घर आगनमै बास बस्न आउनुहुन्छ । नवरात्रको समयमा पालना गर्नुपर्ने नियमहरू निम्नानुसार छन् ।

धर्मशास्त्रका अनुसार यस समयमा हामीले शारीरिक सम्बन्ध राख्नुहुँदैन, कपाल वा नङ काट्नु हुँदैन । तेल, साबुन र स्याम्पुको प्रयोग गरेर स्नान गर्नु हुँदैन । उपवास अवधिमा, महिलाहरू कमजोर हुन्छन्, उनीहरूले कमजोरी मात्र नभई आफैँमा झर्काे मानेको महसुस पनि गर्छन् ।

उनीहरूमा एकै साथ, खुट्टा, पेट र सम्पूर्ण शरीरमा दुखाइ हुन सक्छ । वास्तवमा यो अवस्था धेरै पीडादायी हुन्छ । यही कारण यो विशेष समयमा महिला वा पुरुषलाई समेत सहवासको लागि निषेध गरिएको छ ।

कामको उत्साहलाई रोक्नकै लागि धेरै श्रीमान् श्रीमतीहरू भिन्दाभिन्दै सुत्ने पनि गर्छन् । त्यस्तै, शास्त्रले जुन ओछ्यानमा हामी शारीरिक सम्बन्ध गर्छौं, त्यो ओछ्यान छोएर पूजा गर्न निषेध गरिएको छ । किनकि यसले हामीलाई अपवित्र गराउन सक्छ । त्यसैले नवरात्रको नौ दिन सहवासलाई नियन्त्रण गर्न राम्रो हुन्छ ।