मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेनामुक्त हुनेको संख्या एक लाख नाघ्यो

नेपालमा काेराेनामुक्त हुनेको संख्या एक लाख नाघ्यो


काठमाण्डाै – नेपालमा काेराेना भाइरस सङ्क्रमण भएपछि निकाे हुनेकाे सङ्ख्या एक लाख नाघेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निकाे हुनेकाे कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेकाे हाे ।

त्यस्ने काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ६३७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा १५ हजार दुई सय ५५ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । 

अब नेपालमा ४४ हजार ८७७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ३ हजार ७५१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८१२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।