मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका २ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

बाजुराका २ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

सुदूर आज

बाजुरा: बाजुराको गौमुल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका छन्। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्नेगरी केन्द्रको स्थापना भएको हो।

नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारीका रुपमा कार्यरत रहने बताइएको छ। उनीहरुले सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, विरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने जिल्ला आयुर्वेद कार्यालय बाजुराकी प्रमुख दिक्षा भण्डारीले बताइन। आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्ने कार्यालयले जनाएको छ।

गाउँमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन नपर्ने भएको छ। गाउँमा सेवा संचालनका लागि पहलगर्ने जिल्ला आयुर्वेद केन्द्र लगायत सबैप्रति गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता थापाले आभार प्रकट गरेकी छिन्। यस्तै गाउँपालिका अध्यक्ष हरी रोकायाले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै संचालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने बताएका छन्।

यसअघि स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेको छ। एक सातापहिले उक्त गाउँपालिकामा सेवा केन्द्र स्थापना भएको हो।

पछिल्लो समय जिल्ला आयुर्वेद बाजुराले प्रभावकारी सेवा दिइरहेको स्थानीयले बताएका छन्। कार्यालयले गाउँघरमै पुगेर आयुर्वेद उपचार समेत दिदै आएको उनीहरुले बताएका छन्।

कार्यालयले नसर्ने रोग दम, अम्लपित्त, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मेनोेगत रोग लयायतका रोगको विशेष उपचार गरिरहेको कार्यालय प्रमुख भण्डारीले बताइन। ‘पछिल्लो समयमा कार्यालयमा  उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ’ उनले भनीन।