मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खलङ्गा बजार जुम्ला (फोटो फिचर)

खलङ्गा बजार जुम्ला (फोटो फिचर)

सुदूर आज

खलङ्गा : जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ । खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो ।

१२ औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ । यहाँ रैका राजवंश को एक शक्तिशाली राज्य मुकाम थियो । जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो ।

यिनै ताम्रपत्रमा रैकारराईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो । यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो । यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन् ।

परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए ।

यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ ।