मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जित्‍नै पर्ने दबाबमा कोलकाता

जित्‍नै पर्ने दबाबमा कोलकाता


एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटमा आज (बुधबार) कोलकाता नाइट राइडर्स लिगको दशौं खेल खेल्दै छ । 

आज हुने खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरसंग प्रतिस्पर्धा गर्दै छ ।  अबुधाबीमा कोलकाता र बैंगलोरबीचको खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

सेख जायद क्रिकेट स्टेडियममा कोलकाता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ ।

यता कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ । बैंगलोर सातौं जितको खोजीमा छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा छ । कोलकातालाई हराएर बैंगलोर शीर्ष टोलीसँग अंक बराबरी गर्न चाहन्छ ।