मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा बस्ने नेपालीद्वारा रामारोशनका बाढी पिडितलाई १० लाख बढी सहयोग

अमेरिकामा बस्ने नेपालीद्वारा रामारोशनका बाढी पिडितलाई १० लाख बढी सहयोग



अछाम – जिििल्लाको रामारोशन गाउँ पालिकामा २०७७ को भाद्र २ गते राति अभिरल बर्षा संगै आएको को विनाशकारी बाढीका कारण पिडित भएका परिवारका लागि सुदुर पश्चिम समाज,टेक्सास ,अमेरिका को पहल मा अमेरिका मा बस्दै आउनु भएका नेपाली हरुले १० लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन । रामारोशनमा बाढी पहिरो बाट पिडित परिवारलाई राहत पुगोस् भनेर अमेरिकामा रहनु भएका १११ जना नेपाली हरुले संकलन गरि उक्त रकम सहयोग गरेको छन ।
नेपाल बिध्यार्थी संघ का पुर्ब केन्द्रीय उपाध्यक्ष हाल न्यूयाेर्क निवासी नृप बहादुर बिष्ट, नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का सभापति हाल विस्कनसिन,अमेरिका निवासी लक्ष्मण खड्का,अछाम घर भै हाल अमेरिका क्यालीफोर्निया निवासी बिष्णु शाह, टीकापुर घर भै हाल अमेरिका का सफल ब्यबसायी NRNA अमेरिका का बोर्ड अफ डायरेक्टर वासुदेव अधिकारी,सुदुर पश्चिम समाज टेक्सास का अध्यक्ष प्रेम शाही लगाएत का समाज सेवी को बिशेष अग्रसरतामा रकम संकलन गरिको हो । संकलित सो रकम राहत संकलन तथा उदार समितिको कोषमा जम्मा भइसकेको राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले बताउनुभएको छ । यो बिपत्ति को बेला रामारोशनका बाढी पिडितको घाउमा मलम लगाउन अमेरिकामा रहेर सहयोग संकलन अभियानमा लाग्नु भएका सम्पुर्ण व्यक्तितब तथा सहयोग गर्नु हुने सबै सहयोगी मनहरुलाई राहत संकलन तथा उदार समितिले धन्यवाद समेत व्यक्त गरेको छ। अमेरिका लगायत अन्य थुप्रै ठाउँमा २६ लाखभन्दा बढी राहत संकलन भएको र अब केही दिनमै एक कार्यक्रम का बिच पिडित परिवारलाई राहत वितरण गरिने संयोजक बिष्टले बताउनुभएको छ ।