मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाको तथ्यांकमा ५ जना दृष्टि विहिन

पञ्चदेवल नगरपालिकाको तथ्यांकमा ५ जना दृष्टि विहिन


अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा हाल सम्म ५ जना दृष्टि विहिन नागरिकको तथ्यांक संकलन भएको छ ।

नगरपालिका भित्र क बर्गका एक पुरुष, ख बर्गका २ महिला १ पुरुष,ग बर्गका १ पुरुष रहेको तथ्यांक छ ।

गत बर्ष दृष्टि विहिनका लागी आँखा सिविर सञ्चालन गरेको नगरपालिकाले यस बर्ष कुनै चाँसो देखाएको पाइँदैन ।

दृष्टि विहिनको तथ्यांकमा समेटिएका अन्य ब्याक्तीहरुले परिचय पत्रको नविकरण नगरेकाले नगर भित्र धेरै दृष्टिविहिन भए पनि तथ्यांकमा थोरै रहेको र नविकरण गर्ने जिम्मा वडालाई दिएको नगरपालिकाले जानकारी दिएको छ ।

आज विश्व दृष्टि दिवस । ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्व दृष्टि दिवस मनाइँदै छ ।

आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ ।

नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ ।