मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभावित शैक्षिक क्षेत्र, शिक्षकले अग्रणी भुमिका निर्वाह गर्नु पर्ने : शिक्षा समन्वय अछाम

प्रभावित शैक्षिक क्षेत्र, शिक्षकले अग्रणी भुमिका निर्वाह गर्नु पर्ने : शिक्षा समन्वय अछाम


शिक्षक र विद्यार्थी बिच सम्वन्ध के (कुराकानी सहित)

अछाम : आज विश्व शिक्षक दिवस यस बर्ष कतिपय देशमा शिक्षक दिवस मनाइएपनि हाम्रो देश,प्रदेश अनि जिल्लामा खासै दिवश मनाइएको पाइदैँन ।

सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक भएर होला,कोडि १९ ले प्रभावित शिक्षा क्षेत्र पुरानै अवस्थामा रुपान्त्रित गर्न शिक्षकको बिषेश भुमिका भएपनि महामारीको सन्त्रासले ग्रामिण भेगमा शिक्षकको ज्ञान बन्द कोठा जस्तै भएको पाइन्छ ।

जिल्लामा छिटफुट गोष्ठी भेला भएपनि कोरोनाको कहरले आपचारिक रुपमै कार्यक्रम गर्न नसकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बताए ।

कोभिड १९ ले लामो समय सम्म प्रभाव पारेको शैक्षिक गतिविधी पुरानै अवस्थामा ल्याउन शिक्षकले अग्रणी भुमिका निर्वाह गर्नु पर्ने बताए ।

६ महिनाको लामो लकडाउनले विद्यार्थीको शैक्षिक गविधी ठप्प रहँदा नेपाल सरकारद्धारा जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ आधारित रही जिल्लाका सबै शिक्षकहरुले शैक्षिक कार्य योजना तयार पारी शिक्षण सिकाइलाई निरन्तरता दिनु पर्नेमा उनले जोड दिए ।

रेडियो पञ्चदेवल तथा शुदुर आज संग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा उल्लेख गरेका हुन ।

उनका अनुसार कोभिड १९ ले प्रभावित शिक्षकहरुले यो विषम परिस्थितीमा आफ्नो अधिकार भन्दा बढी दायित्वलाई आत्मसाथ गरी शिक्षण क्रियाकलापलाई निरन्तरता दिन आवस्यक रहेको छ ।

यसै विच विश्व शिक्षक दिवसको अवसर पारी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरी संग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी ।