मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेष्ठ नागरिक प्रती उदासीन पञ्चदेवल सरकार, के भन्छन मेयर – कुराकानी

जेष्ठ नागरिक प्रती उदासीन पञ्चदेवल सरकार, के भन्छन मेयर – कुराकानी


सामाजिक र पारिवारीक किचलोले अपहेलित हुँदै जेष्ठ नागरिक

विश्व जेष्ठ नागरिक दिवश, अर्थात पाका उमेरका बृद्धबृद्धाहरु , प्राय देशहरुमा ६० बर्ष पुरा भएका नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ ।

उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जिवन यापनको कष्ट अनि माया ममताको आसालाई झर्कोफर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने अनि घिँणा गर्ने प्रचल हाम्रो समाजमा देखिएको छ ।

जेष्ठ नागरिकहरुको सम्मान तथा संरक्षणका लागी अछाममा खासै प्रभावकारी काम कार्यान्वयन नगरेको गुनासो सुनिदै आएको छ ।

उमेरले ६० कटिसकेका ति बृद्ध बा आमाहरु अहिले पनि सामाजिक, पारिवारिक झमेलामा परी अपहेलित भइरहनु परेको छ ।

पञ्चदेवल विनायक नगरपालिकामा पनि जेष्ठ नागरिकहरुको सम्मानका स्थानिय तह पन्छिएको सजिलै पाइन्छ ।

हाल सम्म जेष्ठ नागरिकको तथ्याङ समेत संकलन नगरेका स्थानिय सरकारबाट पाका उमेहरुको हौसला प्रदान होला भनेर कल्पना समेत गर्न सकिदैन ।

यसै बिच शुदुर आजकर्मीले पञ्चदेवल विनायक नगरपालिकामा जेष्ठ नागरिकहरुको सम्मान प्रती सम्वन्धित निकायले के कस्ता प्रयास गरेको पाउनु भयो भनेर समाजका बुद्धि जिबी, केहि राजनितिज्ञहरुका धारणा बटुलेका छौ ।

शुदुर आजकर्मीले गरेको यो कुराकानी सुनौ

कुराकानी :धर्म तिमिल्सैना

यस्तै उमेरले करिब जेष्ठ नागरिकको भुमिका बाँधीसकेका पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ५ लयाँटीका पदम रावलले पनि सामाजिक हिसावले बृद्ध बृद्धाहरु अपहेलित र उनिहरुले पुर्याएको योगदान प्रती कदर नभएको गुनासो गरेका छन ।

उनिहरुकै सन्तान अर्थाथ अहिलेको युवा शाक्तीलाई सल्लाह सुझाव दिदै उनिहरुको सम्मानका लागी छोरा नातिले अहम भुमिका निर्वाह गर्नु पर्ने उल्लेख गरे ।

शुदुर आजकर्मीले गरेको यो कुराकानी सुनौ

कुराकानी : पदम रावल


हरेक नागरिकको हक अधिकार सुनिश्चित गर्ने जिम्मा पाएका स्थानिय सरकार जेष्ठ नागरिक प्रती उदासिन भएको पाइन्छ ।

तर यता पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले अछामका १० वटा स्थानिय तह मध्य जेष्ठ नागरिकहरुको संस्था नामाकरण गर्ने,दर्ता गर्ने काम तथा पहल आफुबाट सुरुवात भएको दाबी गरेका छन ।

हाल सम्म जेष्ठ नागरिकहरुका सवालमा कुनै पनि कार्यक्रम नगरेको पञ्चदेवल विनायक नगरपालिकाले पहिलो चोटी रेडियोले आजको दिवशको बारेमा जानकारी गराइदिएको प्रती आभारी भएको नगर प्रमुख देवकोटाको भनाई छ ।

आगामी दिनमा विभिन्न क्रियाकलाप सन्चालन गरि कोभिड १९ को सबै भन्दा उच्च जोखिममा परेका जेष्ठ नागरिकको सम्मान, संरक्षणमा रचनात्मक कार्य गर्ने बिस्वास दिलाए ।

यसै बिच हामीले विश्व जेष्ठ नागरिक दिवशको अवसर पारी नगर प्रमुख देवराज देवकोटा संग कुराकानी गरेका छौ ।

शुदुर आजकर्मीले गरेको यो कुराकानी सुनौ

कुराकानी देवराज देवकोटा

आफ्ना मनमिल्ने साथीभाई को कमी अनि पुराना यादको बहावले बहकाउने यो उमेर जीवनका चक्रकोएक संवेदनशील अवस्थामा पुगेकाहरुकोे उचित सम्मान होस । अहिले देखि नै ज्येष्ठ नागरिक मैत्री समाज निर्माणमा जुटौँ ।