मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नहरमा पहिरो गएपछि विद्युत पुन अवरुद्ध

नहरमा पहिरो गएपछि विद्युत पुन अवरुद्ध

सुदूर आज

बाजुरा – जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका वडा न ३ को तिलाडीमा भाद्र ३१ गते बिहिबारको राती आएको अविरल बर्षाल माथी सकडबाट गएको पहिरोले नहर भत्काएपछि बढिगाड लघु जलविद्युत पुन अवरुद्ध भएको छ ।

बारम्बार माथी सडक भएका कारणले हाम्रो विद्युत सेवा बन्द भएको हो एक महिना पछि सुचारु भएको विद्युत फेरि पनि माथी सडकबाटै आएर नहर बगाएपछि विद्युत सेवा बन्द भएको सोही विद्युतका अध्यक्ष अंगलाल रेग्मीले बताए । यस विद्युतमा करिव साबिको कोल्टी गाबिस वडा न १,२,३,८ र साविक कोटीला गाविस वडा न १ सम्म सञ्चालन भईरहेको विद्युतको फेरी नहरमा पहिरो जादा त्यहाँका करिब एक हजार बासी अध्यरोमा बस्न बाध्य भएका सोही विद्युतका अध्यक्ष रेग्मीले बताए ।

जस्तो सुकै अवस्थामा भएपनि पाइप हालेर भएपनि विद्युत एक डेढ महिना पछि सञ्चालनमा भएको दुई चार दिन नहुदै फेरि माथी सडकबाट पहिरो आएर नहर पनि बगाएउदा विद्युत फेरि पनि अबरुद्ध भएकोले कर्मचारीलाई पनि कसरी तलव खुवाउनु पर्ने हो थाहा छैन । बारम्बार वर्षाका कारणले सडकबाट पहिरो आउदा विद्युत सेवा बन्द हुदा रकम पनि कसरी उठाउने हो ।

विद्युतका उपभोक्तालाई रकम ल्याउनु होस भनेर कसरी जाने नत नियमित विद्युत उपभोक्ताले बाल्न पाएका छैन । विद्युत नियमित बाल्न पाएका भएत कर्मचारीले तलव पनि पाउथे होलान । डेढ बर्ष सम्म विद्युत उपभोक्ताले राम्रोसंग बाल्न पाएका छैन अनि कर्मचारीले पनि कसरी तलव पाउने त सधै विद्युत बल्ने हो भने कर्मचारीलाई तलव खुवाउन पनि सकिने थियोे ।

उपभोक्ताले पनि अध्यरोमा बस्न पाउने थिएनन् । के गर्ने स्थानीय तहले नहर माथी सडक नखन्दिएको भए पहिरो पनि जादैन थियो भने उपभोक्ताले बारम्बार अध्यारोमा बस्न पर्ने थिएन र सडक खनेपछि पहिरो आउँछ नहर बगाउछ विद्युत सेवा अवरुद्ध हुन्छ बढिगाड लघु जलविद्युतका ब्यबस्थापक ध्रुब रेग्मीले जानकारी दिए ।