प्रदेश समाचार

सामाजिक रुपान्तरणको लागि वाक नेपालको भूमिका प्रसंशनीय छ

अछाम – सामाजिक रुपान्तरणको लागि वाक नेपालको खेलेको भूमिकाको अछामका जनप्रतिनिधिले प्रसंशा गरेका छन् । वाक नेपालले सोमबार साँफेबगरमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै उनिहरुले विपन्न समुदायको उत्थानदेखि, आयआयर्जन कार्यक्रम सञ्चालन, शिक्षा स्वास्थ्य, कृषि तथा विकास निर्माणमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले अछाममा साक्षर घोषणा कार्यक्रममा वाक नेपालको भूमिकाको खुलेर प्रसंशा गरे । उनले स्थानीय तहले गर्नुपर्ने काम वाक नेपालले गरेर साक्षर अभियानलाई सफल बनाएकोे बताए । यस्तै जिल्लामा क्रियाशिल गैससहरुले पारदर्शिता बन्नको लागि वाक नेपालले गरेको कार्यहरुको अनुसरण गर्नुपर्नेमा उनको जोड थियो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले (वाक) नेपालले गरीबी, विपन्नता, अन्याय र जोखिमतामा रहेका बालबालिका, महिला र पिछडीएका÷सिमान्तकृत समुदायको सामाजिक रुपान्तरणका साथै आर्थिक सम्बृद्धिमा महत्वपूर्ण कार्य गरेको बताए ।

साँफेबगर नगरपालिकाका कार्वाहक प्रमुख विर्मलादेवि वुड्थापाले आर्थिक विपन्नता समुदायको लागि वाक नेपालले सञ्चालन गरेका कार्यक्रमहरुले जिविकोपार्जनमा मद्दत पुगेको बताए । उनले जिल्लामा केही वर्ष अघि भयावह रुपमा रहेको एचआईभि एड्सको रोकथाम तथा न्यूनिकरणको लागि वाक नेपालले सञ्चालन गरेको कार्यक्रमले ठूलो योगदान पुगेको बताइन ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष खम्म खत्री, गैससका अध्यक्ष टंकप्रसाद ढुंगाना, सेभ द चिल्ड्रेनका अछामका कार्यक्रम संयोजक प्रतिमा कुँवर, लभान्वित समुदायका खेमराज ओझाले सामाजिक रुपान्तरणको माध्यमबाट लक्षित समुदायको अभाव र आवश्यकतालाई वाक नेपालले सम्वोधन गर्न कार्यक्रम ल्याउन सफल भएको बताएका थिए ।

कार्यक्रममा सहभागिका जिज्ञासाका जवाफ दिदै वाक नेपालका उपाध्यक्ष वलबहादुर केसीले वाक नेपालले कुनै वर्ग, जाति, धर्म सम्प्रदाय र वैचारिक आस्थाको दृष्टिकोणले भेदभाव नगरी सबैको आर्थिक समुन्नति मार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने काम गर्दै आएको बताए । स्थानीय तहलाई सघाउन तथा विकास निर्माणका काममा वाक नेपाल साझेदार बन्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा वाक नेपालका व्यवस्थापक चेतराज जोशीले ०७६/०७७ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। वाक नेपालले अछाम र वाजुराका दुई वटा स्थानीय तहमा दिगो जिविकोपार्जन, स्वास्थ्य र दिर्घजीवन, शिक्षा, विपद् व्यवस्थापन, सु–शासन अधिकार र संरक्षण, तथा संस्थागत विकास र क्षमता अभिवृद्धिको क्षेत्रमा समुदायको स्तरमा सुधार ल्याउनको लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हिमाली गाउपालिका र रारा कैलाश टुर्सको साझेदारीमा जलयात्रा सञ्चालनमा
सुदूरपश्चिमका झण्डै ५८ सयले जिते कोरोना भाइरस
सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृ’त्यु
मंगलसेन नगरमा सुरु भएको अनलाईन प्रणालीको सेवा प्रभावकारी हुने विश्वास