राजनिति

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न राप्रपाको आग्रह

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा संगठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिए।

महामारीको प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उनले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे।

आर्थिकरुपमा विपन्न जनतालाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दै उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकाले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

पार्टी एकतालाई निष्कर्षमा पुर्याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको अध्यक्ष थापाले सहभागीलाई जानकारी गरे।

बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा सहभागी नेताले अहिलेको अवस्थामा पार्टी एकता आवश्यक भएकाले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सुझाव दिएका थिए। रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सरकारले डा. केसीप्रति अविवेकी चरित्र देखायो : कांग्रेस
बामदेव मनोनयन विरु’द्ध सर्वोच्चको अन्तरिम आदेश
पूर्व प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य थापा कांग्रेस प्रबेश
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १९ गते