ब्यानर

नेकपा स्थायी कमिटी बैठक सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।असार १० गतेदेखि बसेको बैठक आज टुंगिएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 

असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा भएको हो । यसअघि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो ।

विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो । साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए । 

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो।

१८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भारतमा कोरोनाले ज्यान गुमा’उनेको संख्या ९० हजार
कोरोनाले विश्वमा ९ लाख ६७ हजारको मृ’त्यु
सरकारले डा. केसीप्रति अविवेकी चरित्र देखायो : कांग्रेस
सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न सिफारिस, अहिले कति छन् संक्रमित ?