मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएन, एकै दिन ९० हजार बढी संक्रमित थपिए

भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएन, एकै दिन ९० हजार बढी संक्रमित थपिए


काठमाडौं । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ८०२ कोरोना संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १६ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म भारतमा ७१ हजार ६४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।

लकडाउन टु लुजडाउनको नीतिमा गएपछि भारतमा तीव्र गति कोरोना संक्रमण फैलिएको हो । ९० हजार ६३२ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए । 

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा दैनिक ४५ हजार संक्रमित भेटिएका छन् भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजार संक्रमित फेला परेका छन् । ब्राजिल र अमेरिकामा विस्तारै संक्रमण दर ओरालो लागिरहेका बेला भारतमा भने संक्रमण दर उकालो लाग्ने क्रम रोकिएको छैन ।  भारत १ अर्ब ३८ कराेड जनसंख्या भएको देश हो ।