अन्तरवार्ता / विचार

आफ्नै देशमा कृषि क्रान्ति गरौ : प्राङगारिक मलमै आत्मनिर्भर बनौ

  • लक्ष्मण साउद।

यति बेला काेराेना कालमा सबै काम बाट देश फर्केर अाएका छन। धेरैकाे राेजगारी गुमेकाे छ। नेपाल कृषि प्रधान देश भएकाले राेजगारीका अबसर पनि यसै भित्र खाेज्नु पर्छ। अनेक सम्भावना हुदाहुदै पनि नेपालले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकेकाे छैन। देश विकासकाे जग कृषि क्षेत्र बन्नुपर्नेमा याे काेराेना संकट बाट वचन भाैतिक दुरी अनिवार्य शर्त भएपनि रासायनिक मल लिन किसानकाे लाइन हेर्दा कृषि क्षेत्रकाे दुर्दशा सहजै अनुमान गर्न सकिन्छ। यत्रो परनिर्भरता कायम रहेमा कृषिमा क्रान्ति गर्न कसरी सकिन्छ । सुन देखि नुन सम्म नेपालीले कति अर्काकाे भर पर्ने। सामान्यतया अाफु संग नभएको कुरामा अरु संग निर्भर हुने हाे।

जब अाफु संग भएकाे बनाउन सकिने कुरामा यति ठुलाे परनिर्भरता किन? हामीले सहजै बनाउन सकिने मलका लागि किसानकाे लाइनले कृषि क्षेत्रमा अाशा जगाउन सकिँदैन। मल सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्राय गाई, भैसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको मल पनि प्राङ्गारिक मल हो। प्राङ्गारिक मल खेतिका लागि अत्यावश्यक हुन्छ । जुनसुकै खेति कार्यका लागि पनि प्राङ्गारिक मलको प्रयोग हुन्छ, तर बालि अनुसार प्राङ्गारिक मलको मात्रा पनि कम वा बढी हालिन्छ। प्राङ्गारिक मललाई अझ विस्तृत रूपमा परिभाषि गर्दा यो मल जनावरको मल, मुत्र र रूख तथा घाँसका हरिया तथा सुकेका पात आदिको कुहिएको मिश्रण हो। सर्वप्रथम प्राङ्गारिक मल बनाउन गोबर वा वस्तुभाउको मल तथा सोतर लिनुपर्छ । मलको दुईगुणा सोतरको मात्रा राखी राम्रो ठाउँमा मल र सोतर राम्रोसँग मिश्रित गरेर थुप्रो लगाउनु पर्छ।

थुप्रो लगाएको मललाई महिनाको एक पटक मल र गोबर राम्रोसँग फिटिने गरी पल्टाउनु पर्छ। यसरी महिनको एक पटक गरेर ३ वा ४ पल्टसम्म मल पल्टाउदा प्राङ्गारिक मल तयार हुन्छ। अब यो तयारी मल खेति कार्यमा प्रयोग गर्न सकिन्छ। यसका लागि हाम्रा जग्गाहरुमा कम्तिमा एक विघामा दुइ तीन वटा मल खाल्डाहरु बनाउन जरुरी छ।तर विडम्बना हाम्रो देशमा गाई गोरुलाई गोठमा होइन रोडमा धपाउने चलन छ,जुन समस्याले नेपालको तराई क्षेत्र तनाव ग्रस्त छ।सडक दुर्घटनाको मुख्य कारण बनेका छन छाडा चौपाया। अझै हामी नेपालको राष्ट्रिय जनावर गाई भन्दै पुजा गर्छौ केवल तस्बिरमा। कृषि क्षेत्रमा अध्ययनरत भाइ नेत्र साउँद का अनुसार एउटा गाइबाट एक महिनामा ३०० देखि ४०० केजी मल उत्पादन गर्न सकिन्छ भने,बाख्राबाट २५ देखि ३० केजी,घोडाबाट ४२० देखि ४५० केजी,गधाबाट ३६० देखि ४५० केजि र भेडाबाट २५ देखि ३० केजी प्रतिमहिना मल उत्पादन गर्न सकिन्छ।

कतै हामी सुनको कचौरामा भिख त मागी रहेका छैनौ एकपटक सोच्ने कि। एक्कैछिन हाम्रो देशमा माग भइरहेको मल र त्यसको पुर्तिलाइ तुलना गरौ। नेपाली किसानलाई वार्षिक ४ देखि ५ लाख मेट्रिकटन मल आवश्यक हुने कृषि विज्ञहरू बताउँछन्। सोही अनुरूपको मल आयात गर्न सकियो भने मलको समस्या नरहने देखिन्छ।तर कृषि तथा पशुपंक्षि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३२ हजार टन, २०७१/७२ मा २ लाख ९८ हजार मेट्रिक टन मल वितरण गरिएको छ।त्यस्तै, २०७२/७३ मा २ लाख ५८ हजार टन, २०७३/ ७४मा ३ लाख २८ हजार टन र २०७४/७५मा ३ लाख ४८ हजार टन वितरण गरेको मन्त्रालयको तथ्याङ्क छ।यस्तो अवस्थामा कसरी कृषि उत्पादन उच्च गर्न र आत्मनिर्भर अनि स्वाभिमानी नेपाली बन्न सकिन्छ सोच्नेबेला आएको छ। कहिलेसम्म हामी सरकार मल चाहियो भनेर कृषि कार्यालयका ढोकामा लाइन लाग्ने,कहिलेसम्म मलको लागि रुदै बस्ने,कहिलेसम्म सामाजिक सञ्जालको हेडलाईनमा “देशमा मलको चरम अभाव जनता रुष्ट कृषिमन्त्री भन्छन आत्तिनु पर्दैन छिट्टै नै ल्याउछु”पुर्णता पाइरहेका हुन्छन। जबकि बालि पाकि सकेको हुन्छ। यसरी कृषि क्रान्ति सम्भव हुदैन। मल बिनाको बालि र अर्थ बिनाको तालि बेकार हुन्छ।त्यसैले मलको अभावलाइ केही हदसम्म न्याय गर्नका निम्ति विभिन्न अभ्यासहरु गर्न सकिन्छ,हाम्रो परम्परागत अभ्यासलाई जारी राख्दै पृथक अभ्यास पनि गर्न सकिन्छ, जस्तै काठमाडौं उपत्यकामा करिब ५० लाख जनसंख्या छ ।

एक व्यक्तिले दिनमा औसत ३१७ ग्राम फोहोर उत्पादन गर्छ । त्यसमध्ये करिब ६० प्रतिशत प्रांगारिक (कुहिने) फोहोर हुन्छ । तसर्थ प्रत्येक व्यक्तिले दिनहुँ १९० ग्राम प्रांगारिक फोहोर वातावरणमा फ्याँक्ने गर्छ । यस अनुसार उपत्यकामा दैनिक ९५० मेट्रिक टन त्यस्तो फोहोर जम्मा हुने गरेको छ । अर्थात्, वार्षिक करिब ३ लाख ४७ हजार मेट्रिक टन।त्यसैगरी काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष करिब ५ लाख ५० हजार क्युबिक मिटर मानवमूत्र संकलन गर्न सकिन्छ, जसबाट २० हजार टन एमोनियम सल्फेट रासायनिक मल उत्पादन हुन्छ ।

यसले ५ हजार बिघा खेतीयोग्य जमिनलाई उर्वर बनाउन सकिन्छ।फेरिपनि काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार, ५ सय लिटर क्षमताको एउटा चलायमान शौचालयबाट करिब २५ हजार रुपैयाँ प्रतिमहिना नाफा कमाउन सकिन्छ । यस्ता ४८ शौचालय सहरका विभिन्न भागमा राख्न सकिन्छ।यसरी नै देशव्यापि रुपमा हिसाब गर्दै जाने हो भने असम्भव छैन।असम्भव त तब हुनेछ जब हामी आफुसंग भएको चिजको सहि सदुपयोग गर्न हिचकिचाउछौ र माग्ने काममा अग्रसर हुन्छौं।साच्चै नै हामी कृषिप्रधान देशका कृषक हौ र भोकमरीले नेपाली कहिल्यै मर्दैन भन्ने इतिहासलाई कायम गराउन चाहन्छौ भने- देश तथा विदेशमा कृषिक्षेत्रमा लाखौंको संख्यामा अध्ययन गरिसकेका र गरिरहेका नेपाली विद्यार्थीहरुको सहयोगमा कृषि सम्बन्धिका विविध सिपलाई व्वहारिकतामा उतार्नु जरुरी छ, त्यसका लागि हामी संग भएको अथाह भुमिले ल्यावको भुमिका पाउनेछ र वस्तु उत्पादनमा वृद्धि आउनेछ।

अर्को कुरा कोरोनाको कारणले विश्व नै बन्दाबन्दि भइरहेको अवस्थामा कृषि गर्नेहरुका लागि यो एउटा सुनौलो अवसर पनि हो त्यसैले कृषि गर्न जानेका र जान्न खोज्ने सबैले हातमा कुटो,कोदाली पिठ्युमा मलको भारि र काधमा कृषिप्रधान देशको जिम्मेवारी लिन जरुरी भएको छ। विशेषत मलको कुरामा रासायनिक मल भन्दा प्राङगारिक मलको व्यापक प्रयोग हुन जरुरी छ,एक त रासायनिक मल विदेशबाट ल्याउनुपर्छ अर्को कुरा रासायनिक मलको प्रयोगले हरवर्ष माटोको उर्वराशक्ति विनाश हुँदै गइरहेको छ।

जस्तो कि एउटा गमलामा प्राङगारिक मल राखेर फूल लगाउदा र अर्को गमलामा रासायनिक मल राखेर फूल लगाउदा उत्कृष्ट फूल प्राङगारिक बाला नै हुन्छ,अनि बालिहरु पनि त्यस्तै हुन।रसायनयुक्त खाना खादाको परिणाम अहिलेका हामी हौ भने,रसायनविहिन खाना खादाका परिणाम हाम्रा पुर्खा हुन। अन्तमा हामी आफैसंग भएको मलको सहि सदुपयोगका साथै एक घर एक जनावर,एक घर दुईवटा खाल्डो, एक घर एक बिरुवा अभियानलाई सबैले हातेमालो गरौ,कृषि उत्पादन बढाउ,भाेकमरीबाट बचाै। काेराेनाले सिकाएकाे पाठ पनि यहि हाे कि संसारमा सबैभन्दा ठुलाे कुरा अाफ्नाे जमिनकाे उत्पादन नै रहेछ।

अाफ्नाे जमिन छ अाफ्नाे उत्पादन छ हामी कसैले भाेकमरी बाट डराउनु पर्दैन। खाना मात्रले पुग्दैन स्वास्थ खाना चाहिन्छ । स्वास्थ खाना प्राङगारिक मलबाट नै उत्पादन हुन्छ। हरकोहि नेपाली को पारिको भन्दा आफ्नै बारीको सुन्तला,स्याउ खाने रहर पुराहोस। जय देश!जय स्वाभिमान!जय कृषि !

लेखक साउद मेल्लेख गा.पा-७ अछाम घर भइ हाल धनगढीमा छन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज देशभर व’र्षा हुने, सतक’र्ता अपनाउन आग्रह
बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?
मंगलसेनका ३ जना अभिभावक बिहिन बालवालिकालाई नगरको सहयोग
छठलगत्तै त्रिविका सबै परीक्षा हुने