मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवा निर्देशक डा.गौचनले गरे पत्रकार बिसीको उपचारका लागि २५ हजार आर्थिक सहयोग

स्वास्थ्य सेवा निर्देशक डा.गौचनले गरे पत्रकार बिसीको उपचारका लागि २५ हजार आर्थिक सहयोग


अछाम ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले पत्रकार धुर्ब बिसीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

डाक्टर गौचनले दुबै मृगौला फेल भएर काठमाण्डौँको बिर अस्पतालमा उपचारार्थ अछामका क्रियाशिल पत्रकार बिसीको उपचारमा सहयोग पुगोस भनेर २५ हजार आर्थिक सहयोग गरेका हुन् ।

मृगौला फेर्न ठुलो रकम खर्च हुने र त्यत्रो रकम जुटाउन मुस्कील पर्ने भन्दै डाक्टर गौचनले आफुले सहयोग गरेको र अरुलाई पनि यस्तो अप्ठेरो परिस्थितीमा सहयोग गर्न आग्रन गरेका छन् ।

यस्तै सम बिकास नेपाल अछामका अध्यक्ष पशुपती कुवँरले पनि पत्रकार बिसीको उपचारका लागि १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

यस्तै अछाम घरभई हाल अमेरिका रहनु भएका चामुण्डा शर्माले पनि १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।