मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बजार सरसफाई र बृक्षारोपण गरिने

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बजार सरसफाई र बृक्षारोपण गरिने


आफ्नो हक अधिकारका लागि युवाहरु आफै जागरुप हुनुपर्ने नगर उपप्रमुख उपाध्यायको भनाई

अछाम ।

यहि श्रावण २८ गतेका दिन अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलसेनमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरिने भएको छ । नगर स्तरिय युवा संजालको आयोजना, जिल्ला युवा संजालको समन्वय र मंगलसेन नगरपालिकाको सहयोगमा दिवस मनाईने भएको हो ।

युवा दिवसका लागि आयोजित पूर्वतयारी बैठकमा बिभिन्न निर्णयहरु गरिएको छ । जसमा युवा दिवसका अवसरमा मंगलसेन बजार सरसफाई गर्ने, षोडशा माविमा बृक्षारोपण गर्ने र दिउसो युवा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

जसका लागि मंगलसेन नगरपालिकामा आर्थिक सहयोगका लागि अनुरोध गर्ने र जिल्ला युवा संजालसंग समन्वयमा दिवस मनाउने निर्णय गरिएको छ । जगत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमखु सरिता उपाध्याय प्रमुख अतिथी रहनुभएको थियो ।

प्रमुख अतिथी उपाध्यायले आफ्नो हक अधिकारका लागि युवाहरु आफै जागरुप हुनुपर्ने बताउनुभयो । युवाहरुले युवा दिवसमा मात्रै केन्द्रित हुने नभई क्षमता विकास, ब्याक्तित्व विकास र नेतृत्व विकास लगायतका क्रियाकलापमा अग्रसर हुनुपर्ने उहाँको भनाई थियो ।

युवाहरु समाज विकासको लागि अगाडी सरेमा श्रोतका लागि चिन्ता गर्नु नपर्ने उपप्रमुख उपाध्यायले बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले कार्यक्रम सफलताको कामना सहित नगरको तर्फबाट हुने सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अम्वादत्त भट्ट, प्रा. स. दिपेन्द्र बिष्ट, महिला तथा बालवालिका शाखाका जयलक्ष्मी जोशी, जिल्ला युवा संजालका अध्यक्ष होम साउद लगायत नगरपालिकाका बिभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा पार्वती बिष्टले स्वागत मन्तब्य राख्नुभएको थियो ।