मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु

सुदूर आज

“७७ वटै जिल्लाबाट ३५० भन्दा बढी युवायुवतीहरु भर्चुअल रुपमा सहभागी”

काठमाडौं / नेपाल युवा परिषदले अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरेको छ । विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ३५० भन्दा बढी युवा युवतीहरु सहभागी भएका छन्।

निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन आज अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म भर्चुअल रुपमा चल्ने छ। कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएको हो ।

७७ जिल्लाका ३५० भन्दा बढीको सहभागिताका साथै बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुने भन्ने कुरामा आयोजक बिश्वस्त रहेको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताए ।

सम्मेलनमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछन् । सो सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।