मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुनै दिनको घट्ना हो परेछु अपमानमा

कुनै दिनको घट्ना हो परेछु अपमानमा

सुदूर आज

  • बम बहादुर बिश्वकर्मा

आकाशको जुन धर्तीको बाँस जन्म दियो नयाँ ।
स्वाभीमान र सभ्यतामा सँघर्षशील बनौँ यहाँ।

नेपालको धन र हरियो वन आफनै गौरबमा ।
सृष्टि झैँ रच्नु पर्ने आफनै पौरखमा ।।

तपस्या र परिश्रममा जन्मेको बिहानी ।
बृद्ध जस्तै जन्म लिन्छु बन्छु हामी ज्ञानी ।
नयाँ पाईला नयाँ लक्ष्य एउटै छ साथमा ।
गन्तब्यमा पुरयाउनेछ यो सोच्छ आत्मा ।

जताततै हरियाली पाखा पखेरामा ।
जान्नुपर्छ बुझनुपर्छ शिक्षाको घेरामा ।

जन्म पाँए नयाँ ठाँउमा पहिलो सन्तानमा ।
कुनै दिनको घट्ना हो परेछु अपमानमा ।

नयाँ ठाँउको तपभुमी केही काम गर्न ।
नेपालीको सपुत हु देशकै लागी मर्न ।

विरताको पहिचान मेरौ आफनै देश ।
हाँसी खुँशि रमाउनेछु पुरख्याउलीको भेश ।
भोक निन्द्रा भुली मैले सँघर्षमा लागे ।
एक दिन लक्ष्य पुरा हुन्छ यसरी नै जागे ।

सिपको सिको गर्छ यहाँ बाड्छु चारै तिर ।
देशको सपना पुरा गर्छु नमाने रै पिर ।

तुर्माखाद हाल मंगलसेन अछाम