मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बिसिको उपचारमा सहयोग गरिदिन अकोराब अछामको आग्रह

पत्रकार बिसिको उपचारमा सहयोग गरिदिन अकोराब अछामको आग्रह


कमला खत्री, अछाम / पत्रकार ध्रुव बीसीको मृगौला प्रत्यारोपणका लागि लाग्ने आर्थिक जुटाउनका लागि सबैलाई सहयोग गरिदिन सामुदायिक रेडियो प्रशारक संघ नेपाला जिल्ला समन्वय समिती (अकोराब) अछामले अपिल गरेको छ ।

रेडियो सोसाइटी एफएम ८९ मेगाहर्ज अछामका प्रबन्ध निर्देशक, नयाँ पत्रिका र हिमालय टेलिभिजनका अछाम समाचारदाता बीसीका दुवै मृगौलामा समस्या आएकाले हाल विर अस्पताल काठमाण्डौँमा नियमित डायलासिस गरिरहनु भएकाले आगामि दिनमा आईपर्ने आर्थिक सँकट पर्तिका लागि सबैलाई सहयोग गरिदिन बिज्ञप्ती मार्फत अपिल गरिएको हो ।

जिल्ला अध्यक्ष कमल कुमार रावल र सचिब तपेन्द्र बहादुर धामिद्धारा हस्ताक्षरित अपिल मार्फत नियमित कर्ममा विश्वास गर्ने सामुदायिक रेडियो मार्फत समाजका कुरिती कुसंस्कारलाई उजागर गर्दै नियमित अघि बढिरहेका बिसिको मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह अनुसार ठूलो रकम खर्च हुने भएकोले आर्थिक अभावले मृगौला प्रत्यारोपण रोकिनबाट बचाउन लागि अछाम जिल्ला भरिका सामुदायिक रेडियो, देशभरका सामुदायिक रेडियो, रेडियोकर्मि, तीनै तहका सरकार, निजी तथा सार्वजनिक संघ संस्था र व्यक्तिलाई हार्दिक अपिल गरिएको छ ।

साथै सामुदायिक रेडियो प्रशारक संघ नेपाल जिल्ला समन्वय समिती अछामले अछाम जिल्लाका सम्पुर्ण सामुदायिक रेडियो तथा ब्यक्तिगत रुपमा आर्थिक रकम संकलन कार्य जारी राखेकाले केही दिनमै सार्वजनिक सहीत बैँकमा जम्मा गरिने जिल्ला अध्यक्ष रावलले बताए।