मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितलाई शक्तीबर्दक औषधी बितरण गर्दै आयुर्बेद स्वास्थ्य केन्द्र अछाम

कोरोना संक्रमितलाई शक्तीबर्दक औषधी बितरण गर्दै आयुर्बेद स्वास्थ्य केन्द्र अछाम


अछाम ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र अछामले कोरोना संक्रमितलाई शक्तीबर्दक औषधीहरु बितरण गरेको छ । जिल्लाको बान्नीगढी गाँउपालिकाका १८ जना कोरोना संक्रमितलाई रोग संग लड्ने शक्ती बढोस् भनेर शक्ती बर्दक औषधी बितरण गरिएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र अछामका बैद्य खड्क बमले बताए ।

रोगप्रतिरोधक क्षमता बढाउने खालका च्यावनप्रास, एष्ट्रीमधु चुर्ण, गुर्जोचुर्ण लगायतका औषधी बितरण गरिएको बैद्य बमले सुदूरआजलाई जानकारी दिए । यसअघि मेल्लेख गाँउपालिकामा पनि सोही प्रकारका औषधी बितरण गरिएको उनको भनाई छ ।

यस्तै यो भन्दा पहिले जिल्लाका १८ वटा क्वारेण्टाईनमा पनि योगका साथै शक्तीबर्दक औषधी बितरण गरिएको थियो । औषधी बितरण गर्ने कार्य आगमी दिनमा पनि हुने जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र अछामले जनाएको छ ।

स्वास्थ्य केन्द्रका अनुसार जिल्लाका सबै पालिकामा जुन ठाँउमा कोरोना संक्रमित देखिन्छ त्यहि ठाँउमा शक्तिबर्दक औषधी बितरण गर्ने कार्यक्रम रहेको छ । नियमित योग र बाडिएको शक्तीबर्दक औषधी सेवन गर्नाले रोगसंग लड्ने शक्ती बढाउने बिश्वास समेत गरिएको छ ।