मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंजमा कोरोनाबाट थप २ जनाको मृत्यु

वीरगंजमा कोरोनाबाट थप २ जनाको मृत्यु

सुदूर आज

वीरगंज- वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुबै जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।

मृत्यु हुनेमा वीरगंज-१० आदर्शन नगरका ५६ वर्षीय संजय अग्रवाल र वीरगंज-११ का मुर्लीका ८० वर्षीय गया प्रसाद बरई छन्।

वीरगंजको गण्डकमा श्वासप्रश्वासको समस्या भएपछि उपचारका लागि साउन २० गते भर्ना भएका ५६ वर्षीय संजय अग्रवालको मृत्यु भएपछि पीसीआर नमुना परीक्षण गरिएको थियो।

रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. उदयनारायण सिंहले जानकारी दिए। अग्रवाललाई बुधबार रातिदेखि भेन्टिलेटरमा राखिएको थियो।

त्यस्तै घरमै मृत्यु भएका ८० वर्षीय गया प्रसाद बरईको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालकै अर्का चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

घरमै मृत्यु भएका बरईको स्वाब संकलन गरी परीक्षण गर्दा आज (बिहीबार) साँझ रिपोर्ट पोजेटिभ आएको हो। पर्सामा कोरोना संक्रमणले मृत्युु हुनेको संख्या १५ पुगेको छ।