मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा जान विज्ञको सुझाव

लकडाउनमा जान विज्ञको सुझाव

सुदूर आज

काठमाडौं । जनस्वास्थ्य विज्ञहरूले सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य क्षेत्रका विभिन्न विषयविज्ञहरूलाई मंगलबार बालुवाटारमा बोलाएर परामर्श गरेका थिए ।

विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न र कतिपयले लकडाउनले पनि नपुग्ने कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सुझाएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए ।

“कसले लकडाउनमा जानुपर्छ भन्नुभयो, कसैले परीक्षण गरेर जनजीवन सहजै तुल्याउनुपर्छ भन्ने सुझाव दिनुभयो,” कार्कीले भने, “ठाउँ हेरेर कडाइ र खुकुलो गर्न पनि सकिन्छ भनेर मिश्रित सुझाव आयो ।” कार्कीले चिकित्सक संघका तर्फबाट सरकारलाई तीन–चारवटा सुझाव दिएको जानकारी दिए ।

“मैले चाहिँ लकडाउन केका आधारमा खोल्यौं ? त्यसको आधार प्रस्ट भएको थिएन । लकडाउन खोल्नुपूर्व तयारी पुगेको पनि थिएन । नागरिकहरू सुसूचित भएका थिएनन्, त्यसमा सरकार हतारियो कि भनेर ध्यानाकर्षण गराएँ,” कार्कीले भने ।

परीक्षणको दायरा जतिसक्दो फराकिलो बनाउने, बाहिरको हकमा जहाँ संक्रमण देखिन्छ, त्यहाँ सिल गर्ने, काठमाडौंको हकमा उपत्यका छिर्ने नाकामा हेल्थ डेस्क राख्ने विकल्प हुन सक्छ भनेर सुझाव दिएको कार्कीको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले राय राखिसकेपछि प्रधानमन्त्रीले सबैको सुझावलाई ध्यानमा राखेर सरकारले निर्णय लिने बताएको कार्कीको भनाइ थियो । चिकित्सक संघबाट प्रतिनिधित्व गरेका कार्कीले चिकित्सक, नर्स र कोरोनाको उपचारमा संलग्न अरू चिकित्सकको स्वास्थ्य, पेसागत सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको पनि जानकारी दिए । – बारह्खरी