मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा प्राकृतिक प्रकोपबाट ३९ जनाको ज्या’न गयो

सुदूरपश्चिममा प्राकृतिक प्रकोपबाट ३९ जनाको ज्या’न गयो

सुदूर आज

धनगढी: सुदूरपश्चिममा प्राकृति प्रको’पबाट ठुलो जनधनको क्ष’ती भएको छ। बितेको चार महिनाको अवधीमा बा’ढी पहि’रो, चट्या’ङ लगायतका प्राकृतिक प्रको’पबाट ठुलो क्ष’ती भएको हो।

प्रदेशका नौ वटै जिल्लामा प्राकृतिक प्रको’पमा परी ३९ जनाले ज्या’न गुमाएका छन् भने सयौँ घाइ’ते भएका छन्। विप’त्तीबाट हजारौँ परिवारले विस्था’पित हुनुपरेको छ। चार महिनाको अवधीमा भएको भौतिक र आर्थिक क्ष’तीको विवरण अझै संकलन भएको छैन्।

कैलालीको पूर्वी–दक्षीण क्षेत्रमा मात्र गत साता आएको बा’ढीका कारण तीन जनाको मृ’त्यु भएको छ। चार महिनाको अवधिमा प्राकृतिक वि’पदबाट जिल्लामा १० जनाको मृ’त्यु भएको छ। गत साताको बाढीले भजनी नगरपालिका वडा नम्बर ८ का चक्र बहादुर विक, इश्वर शाह र स्केल चौधरीको मृ’त्यु भएको थियो। 

यस्तै लटीकापुर र भजनी नगरपालिका तथा जानकी, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रका हजारौ परिवार वि’स्थापित भएका छन्। स्थानीय तहहरुको प्राम्भिक तथ्याँक अनुसार टीकापुर नगरपालिकामा पाँच सय, जानकी गाउँपालिकामा ६ सय र भजनी नगरपालिकामा एक हजार ६ सय घर परिवार विस्तापित भएका छन्।

जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रको क्षतीको विवरण अझै तयार भएको छैन्। स्थानीय तहहरुले पूर्ण क्षती, आंशिक क्षती र सामान्य क्षतीको विवरण संकलनमा समय लगाएका हुन्। बाढी प्रभावित क्षेत्रमा अहिलेपनि पानी जमेकोले झनै क्षतीको विवरण संकलनमा समस्या भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

‘स्थानीय तहहरुलाई क्षतीको विवरण संकलन गर्न भनिएको छ। उनीहरुले संकलन गर्दै छन्। केहि स्थानीय तहहरुको आएको छ। केहिको बाँकी छ। तर पानी अहिले पनि भएकाले विवरण संकलनमा समस्या देखिएको छ’ उनले भने। विपद्का कारण सुदूरपश्चिमका सबै भन्दा बढी एकै पटक मानविय क्षती भने बझाङमा भएको छ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन्। २२ घर परिवार बिस्थापित भएको छन्। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयोग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको शव भेटिएको हो। २० वर्षीय गिरी जेठारा बेपत्ता रहेका बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए। 

बाजुरामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ। भने, केहि बस्ती पहिरोको जोखिममा छन्। बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले गाउँ पहिरोको जोखिममा भएको सूचना आएको तर विवरण नआएको बताए। उनले भने, ‘कृषिको बिवरण पनि मागिएको छ। तर आएको छैन्। संकलनको काम जारी छ।’ 

उता कञ्चनपुर र अछाममा पनि प्राकृतिक प्रकोपबाट तीन/तीन, दार्चुलामा सात तथा डोटी, डडेल्धुरामा एक/एक जनाको प्राकृतिक विपदमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। डोटीको सायल गाउँपालिका वडा नम्बर २ भुर्केलागाउका ३५ घरपरिवार पहिराको कारण विस्थापित भएका छन्। बाजुराकोे त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने ताम्सु गाउँ पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्राईले बताए। उनले डोटीमा ठुलो क्षती नभएको तर स–साना पहिरोहरु भने गएको बताए। 

यसरी प्रदेशमा प्राकृतिक प्रकोपबाट बितेका चार महिनाको अवधिमा ३९ जनाको मृत्यु भएको छ। हजारौ परिवार बिस्थापित करोडौको भौतिक र आर्थिक क्षती भएको अनुमान गरिएपनि विवरण अझै संकलन भएको छैन्। स्थानीय तहहरुले क्षतीको विवरण संकलन गर्ने काम भइरहेको बताएका छन्। – दिनेशखबर