मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेका मनकारी पत्रकार केसी समाजसेवामा अनवरत रुपमा क्रियाशिल

बाँकेका मनकारी पत्रकार केसी समाजसेवामा अनवरत रुपमा क्रियाशिल

केसीद्धारा क्रियाशिल पत्रकारलाई समेत सुरक्षाका समाग्री वितरण

सुदूर आज

लकडाउन देखि हालसम्म ३० जिल्ला बढीका समस्यामा परेका नागरिकलाई गरे बिभिन्न सहयोग

अछाम । बाँके जिल्लामा सक्रिय नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसी लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरिरहेका छन् । मनकारी केसी डर त्रास तथा अप्ठेरो महसुस नगरी समस्यामा परेकाहरुलाई दिल खोलेर सहयोग गरिरहेका हुन् ।

लकडाउनको सुरुवात देखि नै हाल सम्म केसी निरन्तर कोभिड १९ को कारण समस्यामा परेकाहरूलाई सहयोग गर्दै आइरहेका छन । दुई दशक देखि पत्रकारितामा क्रियासिल केसिले सिमामा अलपत्र नागरिकलाई मात्र खाना खुवाउने काम गरेनन् नेपाल भित्र अलपत्र परेकालाई समेत सहयोग गरिहेका छन् ।

पत्रकार केसीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी लाई पनि खाना, नास्ता, खाजा र पानीको व्यावस्था गरे । उनले कोरोना भाइरसको संक्रमण बढे संगै त्यसको प्रत्यक्ष असर बाट प्रभावित पत्रकारका पनि घरघरमा पुगेर खाद्यान्न पुर्याईरहेका छन् ।

प्रवासबाट स्वदेश फर्केका अप्ठेरोमा नागरिकलाई क्वारेन्टाइनमा पुगेर खाना समेत खुवाउने काम पत्रकार केसीले गरे । क्वारेन्टाइनमा खाना नास्ता खुवाउदै डढेल्दुरा देखि चितवन सम्म उनि पुगे ।
कोरोना भाइरस कोभीड १९ को रोकथाम तथा नियन्त्रण अभियानमा क्रियासिल भएर मुलुकका ३० जिल्लाका क्वारेन्टाइमा बिहान नास्ता, साझको खानाका साथै सक्रिय पत्रकारलाई प्रेस ज्यालेक, मास्क र सेनिटाइजर सहितका सुरक्षा सामाग्री समेत वितरण गरेका यी मनकारी ब्यक्ति केसिलाई हरेक ठाँउमा सम्मान गरिरहेका छन् । पत्रकारिता मार्फत समाजसेवामा सक्रिय जयसिंह केसि लाई हाम्रो पनि सम्मान छ ।

नेपालको पछिल्लो अवस्था हेर्दा कोरोना संक्रमण भयावह हुन सक्ने संकेत देखापरेको छ । संघीय सरकार र प्रदेश सरकारको उदासीनका कारण नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण अभियानले गति लिन सकिरहेको छैन । केन्द्र र प्रदेशको सहयोग नहुदा पनि प्रमुख जिल्ला अधिकारी सहित स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तह खासगरी वडा अध्यक्षहरु भने निकै सक्रिय छन । लकडाउन खुकुलो भएसंगै कोरोना नियन्त्रण भन्दा बाहिर जाने संकेत पनि पछिल्ला तथ्यांकले देखाउने गरेको छ ।

यस बिषम परिस्थिती र अप्ठेरोका बाबजुत पनि केसीले परोपकारी भावनाका साथ समाजमा सकरात्मक सन्देश दिने खालको का मगर्दे आईरहेका छन् । उनको समाजसेवी कामको कदर गर्दै नेपालगञ्ज उपमहानगर पालिकाले हालै केसीलाई सम्मान समेत गरेको थियो ।