मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीमा पहिरो : ५ जनाको श’व भेटियो, ३ अझै बे’पत्ता

मेलम्चीमा पहिरो : ५ जनाको श’व भेटियो, ३ अझै बे’पत्ता


काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ मा पहिरो पुरिएर बेप’त्ता भएका ८ जनामध्ये ५ जनाको श’व भेटिएको छ ।

३ जना अझै बे’पत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर आइतबार राति आएको पहिरिएको थियो । पहिरोमा परेर ९ जना बेप’त्ता भएकोमा भारतिय नागरिक बारु साहको जिवितै उद्दार गरएकजनाको जिवितै उद्दार गरिएको थियो ।

बाँकी ८ जना वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका हुन् ।

उनीहरुमध्ये ५ जनाको श’व भेटिएको छ भने बाँकी ३ जनाको खोजी भइराखेको एसपी महर्जनले जानकारी दिए। नेपाल समय