मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको राशिफल : कन्या सार्थक, वृश्‍चिक उत्तम

आजको राशिफल : कन्या सार्थक, वृश्‍चिक उत्तम


२०७७, साउन १९ गते सोमबार

मेष : दिन अनुकूल छ । आटे ताकेको काम बन्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । 

वृष : दिन ठिक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । धर्मकर्म गरिनेछ । आफन्तबाट सहयोग पाइनेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । 

मिथुन : दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक घमण्ड बढ्नेछ । 

कर्कट : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

सिंह :  दिन सार्थक रहनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलता बढ्नेछ । मनोबल उच्च रहनेछ । मावली पक्ष सहयोगी रहने देखिन्छ । 

कन्या : दिन  सार्थक रहनेछ । मनमा चिन्ता कम हुनेछ । बुद्धिवर्धक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । 

तुला : दिन प्रतिकूल रहनेछ  । खर्चमा वृद्धि हुनेछ । ठूलो लगानीको काममा हात नहाल्नु बेस हुनेछ । मनमा त्रास पैदा हुन सक्नेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक काममा सहभागी भइनेछ । उत्तरदायित्व बढ्नेछ । 

धनु : दिन  अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर निकै तन्दुरुस्त हुनेछ । 

मकर : दिन भाग्यवर्धक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । 

कुम्भ :  दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । अनावश्यक घमण्ड बढ्नेछ । 

मीन : दिन अनुकूल खालको रहनेछ । आयआर्जनको नयाँ स्रोत जुट्नेछ । विद्यामा प्रगति हुनेछ । मन प्रसन्न रहनेछ ।