मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेतीमा बेप’त्ता स्वास्थ्यकर्मी मध्ये जोशीको श’व फेला

सेतीमा बेप’त्ता स्वास्थ्यकर्मी मध्ये जोशीको श’व फेला


धनगढी: सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेप’त्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी मध्ये एक जनाको श’व फेला परेको छ।

बेप’त्ता मध्ये डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको प्रहरीले जनाएको छ। 

घट’नास्थल भन्दा निकै टाढा जोशीको श’व फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। ‘शव फेला परेको छ, अहिले प्रहरी टोली त्यहि छ। अर्का बेप’त्ताको भने खोजी कार्य भइरहेको छ’ उनले भने। 

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो।

डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो।

बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंह बेपत्ता भएका थिए। बेपत्ता भएका स्वास्थ्यकर्मीलाई सात जना शसस्त्र प्रहरीको गोताखोर टिमले खोजीरहेको छ। – दिनेशखबर